चितवन / जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीयतहले धमाधम आइसोलेसन शैया बनाउन शुरुआत गरेका छन् । कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले वागेश्वरी, पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडी नगरपालिकाले छरछरेमा आइसोलेसन बनाउन थालेका छन् ।
भरतपुरले योगी नरहरिनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दै छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले सयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर ५ झुवानीमा आजबाट आइइसोलेसन सञ्चालन गर्ने जनाएका छन् ।
माडी नगरपालिकाले माडीले ५ छरछरेमा यसअघिनै आइसोलेसन तयार गरेको थियो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा एक जना मात्र सङक्रमित भरतपुरमा अस्पताल रहँदा सङक्रमित नदेखिएकाले आइसोलेसन बनाइसकेको छैन । भरतपुर महानगर प्रमुख रेनु दाहालले वागेश्वरीको योगी नरहरिनाथ आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्न लागेको जानकारी दिए । यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको उनको भनाइ छ ।
महानगरभित्र ५० वटा क्वारेन्टिन सञ्चालन गरेको महानगरले पहिलो पटक कोरोना अस्थाइ अस्पताल सञ्चालनमा ल्याइसकेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वागेश्वरी आइसोलेसनमा तत्काल ९० जना र पछि २ सय जनासम्म राख्न सकिने बताए । प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकीय जिम्मेवारी दिन लागिएको उनको भनाइ छ ।
पूर्वी चितवनका चार नगरपालिकाले कोरोनासँग संयुक्त रुपमा जुध्ने प्रण गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार रत्ननगर ५ झुवानीस्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ श्ययाको आइसोलेसन आजबाट सुरु गरिदैं छ । आवश्यक भएमा सोही ठाउँमा १०० जना राख्न सकिने उनले बताए । राप्ती नगरपालिका प्रमुख प्रभा वरालले विरामी थपिदैं गएमा आइसोलेसन विस्तार गरिदैं लगिने जानकारी दिइन् ।
नेपाली सेनाको सैनिक आवासीय मावि, गुञ्जमान अस्पताल, राधास्वामी सस्था लगायतका स्थानहरुमा पनि सम्भावित आइसोलेसन राख्ने तयारी ती नगरपालिकाले गरेका छन् । पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटर सहितको सघन उपचार कक्ष र पिसिआर परीक्षण प्रयोगशाला स्थापनाका लागि वागमती प्रदेशसंग पनि उनीहरुले माग गरेको जनाएका छन् ।
माडी नगरपालिका प्रमूख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आइसोलेसन बनाइएको हो । त्यहाँ कोठामै शौचालय रहेका १० वटा कोठा छन् । विरामी बढेमा थप ठाउँ व्यवस्थापन गरिने उनले जानकारी दिए । यस्तै पूर्वी चितवनको राप्तीमा रहेको शशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गढीमाई वाहिनिको भित्र आइसोलेसन बनाइएको छ ।
वाहिनिमा हाल ४९ जना सशस्त्रका सङक्रमित रहेको र उनीहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार राखिएको वाहिनि प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङक्रमित, आशंका गरी स्वाब सङकलन गरी नतिजा पर्खिएका र अन्यलाई फरक फरक स्थानमा राखिएको छ ।
स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा एकसय १३ सङक्रमित निको भएको, १ सय ८६ सक्रिय सङक्रमित रहेको र तीन जनाको मृत्यु भएको छ । कुल सङक्रमितको सङख्या ३ सय २३ पुगेको छ ।
भरतपुर अस्पताल मेडिकल कलेज र निजी अस्पतालमा पनि हाल सङक्रमित रहेका छन् । लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आइसोलेसनमा राखिने भएको छ । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निर्णय गरेको छ । रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा संक्रमित बढेपछि आइसोलेसन बन्दै धमाधम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नारायणी महोत्सव : आज सञ्जीव र लक्ष्मीको सांगीतिक प्रस्तुति, साँझ कुमा सागरको लाइभ कन्सर्ट

नारायणी महोत्सव : रविन र ताराको प्रस्तुतिमा झुमे दर्शक

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीका यी हुन् ३५ सदस्य

प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

नारायणी महोत्सवमा निश्चलको गीतमा झुमे दर्शक, आज रविन र ताराको प्रस्तुति
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.83
163.48

UK Pound Sterling
1
194.57
195.35

Swiss Franc
1
176.81
177.52

Australian Dollar
1
98.61
99.01

Canadian Dollar
1
103.55
103.97

Singapore Dollar
1
115.05
115.51

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.39
40.56

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
14.52
14.58

Danish Kroner
1
21.78
21.87

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
480.28
482.23

Bahrain Dinar
1
393.27
394.86

Omani Rial
1
385.34
386.90









