January 13, 2025
- ADVERTISEMENT -

‘नेपाल आइडल’ विजेता बनिन् सज्जा चौलागाई

August 28, 2020
फोटो : हाम्रो पात्रो ।

काठमाडौं / चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ को विजेता सज्जा चौलागाई हुनु भएकी छिन् ।
विजयी सज्जा चौलागाई एपी वान एचडीबाट प्रशारण हुँदै आएको रियालिटी सो ‘नेपाल आइडल सिजन ३’ को विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै तेस्रो ‘नेपाल आइडल’ हुन सफल भएकी हुन् ।
त्यसैगरी फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् भने किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । प्रथम भएकी सज्जाले नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् भने फष्ट रनरअप र सेकेन्ड रनरअपले १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो ।
फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए ।
कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।
पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -