काठमाडौं / सरकारले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको निचोड निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यसबारेमा बताइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले देशका १२ वटा जिल्लामा फैलिएको संक्रमणको अवस्था हेर्दा कोरोना समुदायमा पुगेको निचोड निकालिएको बताएका छन् ।
‘देशका १२ वटा जिल्लामा कोरोना समुदायमा पुगेको देखिन्छ । ती जिल्लामा कोरोना आउट ब्रेक भएको छ।’ १२ वटा जिल्लाका ‘हटस्पट’ मा हामीले अब परीक्षणलाई बढाउनु आवश्यक छ । तर परीक्षण पनि वैज्ञानिक मापदण्डका आधारमा हुनुपर्छ, जथाभावी होइन, परीक्षण गर्नुपर्ने क्षेत्र र व्यक्तिको पहिचान गर्नुपर्छ’ उनले भने, ‘यी क्षेत्रमा कोरोना संक्रमणको जालो तोड्न सकेमा हामीले देशका अन्य भागको संक्रमण रोक्न सक्छौं ।’
जनस्वास्थ्य विज्ञ तिवारीले कोरोना फैलिँदै जाँदा वृद्धहरुमा १ प्रतिशतबाट बढेर संक्रमण दर ४ प्रतिशतमा पुगेको बताए । ‘पछिल्लो समयम ९६ प्रतिशत संक्रमित स्थानीय संक्रमण देखिएको छ । मृत्यु हुने क्रम बढेको छ । वृद्धहरुतिर संक्रमण बढिरहेको छ’ उनले भने, ‘हामीले परीक्षण गरेका केसहरुमा पोजेटिभ आउने अवस्था पनि ८.९ प्रतिशतमा पुग्न थालेको छ । यसले नेपाल पनि समुदाय संक्रमणको चरणमा गएको त होइन ? भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।’
तिवारीले वैज्ञानिकरुमा विश्लेषण गर्दा पनि १२ वटा जिल्लामध्ये ५ वटा जिल्लामा एक हजारभन्दा धेरै संक्रमित रहेको बताए । ‘१२ जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित छन् । यी १२ जिल्लामा समुदाय संक्रमण भएको हाम्रो निचोड छ’ उनले भने, ‘अब समग्र समाजको भूमिका अति महत्वपूर्ण छ । कोभिडको भ्याक्सिन विकासका क्रममा छ औषधि छैन । अहिले चलाइएका औषधि त लक्षण रोक्ने मात्रै हुन् ।’
डा तिवारीले २ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा कडा लकडाउन र निषेधाज्ञा जरुरी रहेको बताए । ‘अब २ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा कडा निषेधाज्ञा चाहिएको छ । ५ सयभन्दा धेरै संक्रमित भएको जिल्लामा कर्फ्यू नलगाए अब गाह्रो हुन्छ’ उनले भने, ‘पहिलो अस्पताल नै घर हो, हामी त्यहीँबाट सुरक्षित बनौँ । हाम्रो लापरवाहीले अझै संकट ल्याउँछ । हामी अनुशासित नभएमा हामी कोभिड(१९ विरुद्ध सुरक्षित हुँदैन ।’
उनले यो पटकक चाडपर्व मनाउने अवस्था नरहेको पनि बताए । ‘यो पटक चाडवाड मनाउने तिर नलागौं । रमाइलो फेरि गरौंला अहिलेलाई घरमै बसौं’ उनले भने, ‘अहिले आत्तिहाल्ने अवस्था त छैन तर हामीले यसलाई फैलनबाट रोक्न सक्नुपर्छ । मास्क नै प्रमुख औषधि हो, अहिलेलाई कोभिडबाट जोगिनका लागि ।’
उनले कोभिडविरुद्धको युद्धमा लड्नुको विकल्प नभएको बताए । ‘युद्धमा गएपछि लड्नै पर्छ। हामीले पनि युद्धमा होमिएको अवस्था छ’ उनले भने, ‘हामीले यो युद्धलाई जित्न जुट्नै पर्छ । कसैको पनि ज्यान जानु दुःखद हो । हामी हतास हुने अवस्थामा छैनौं ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोना भाइरस समुदायमा फैलिएको छ : डा तिवारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












