March 17, 2025
- ADVERTISEMENT -

रातो मच्छिन्द्रनाथको रथ तान्न रोक्दा प्रहरी र सर्वसाधारणबीच झडप

September 3, 2020

काठमाडौं / निषेधाज्ञाको उल्लंघन गर्दे रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।कोरोना संक्रमण फैलिने भन्दै भिडमा रथ तान्‍न नहुने भन्दै प्रहरी प्रशासनले अवरोध गरेपछि रथ तान्‍न उपस्थितसँग झडप भएको हो ।
कोरोना संक्रमणका कारण विभिन्‍न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरेका थिए । तर ललितपुरको पुल्चोकमा रथ तान्‍नका उपस्थित भएका सयौं सर्वसाधारण र प्रहरीबीच झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्यास प्रहारसँगै पानीका फोहोरा पनि फ्याँकेको छ ।
कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यकामाा निषेधाज्ञा जारी गरिएको छ ।

- ADVERTISEMENT -