चितवन / वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत चार प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुखसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार सङ्क्रमित हुनेमा २ जना प्रहरी अधिकृत, एक जना प्रहरी जवान र एक जना भान्से रहेका छन् । उनीहरुलाई आज कोरोना संक्रमण देखिएको हो ।
कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण देखिएसंगै कार्यालय बन्द गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका प्रहरीहरुको पिसीआर परिक्षण र कार्यालय निर्मलिकरण गर्नका लागि शिल गरिएको प्रवक्ता थापाले बताउनुभयो । सङ्क्रमित सबैको अबस्था सामान्य रहेको छ ।
चार जना प्रहरीमा कोरोना पुष्टि, कार्यालय सिल
September 6, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -