October 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप ७ जनामा कोरोना पुष्टि

September 13, 2020

चितवन / भरतपुर कोभिड – १९ परिक्षण प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा भरतपुरका ४ जना सहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ४ जना र अन्य जिल्लाका ३ जना गरि थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका वडा नम्बर ११, २ , २८ र ८ का रहेका छन् । ती मध्ये २ जना पुरुष र २ जना महिला रहेका छन् ।
संक्रमीत महिलाहरुको उमेर ५८ र ७९ बर्ष रहेको छ भने पुरुषहरु २४ र ४७ बर्ष उमेरका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र वाट स्वाब संकलन गरिएको जनाइएको छ ।
यस्तै थप संक्रमितमा सुर्खेतका एक महिला , रौतहटका एक महिला र धनुषाका एक पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । उनिहरुको पनि भरतपुर अस्पताल स्वाब संकलन केन्द्र बाट स्वाब लिइएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा शनिबार ३१० नमुना परिक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

- ADVERTISEMENT -