२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

‘मैले काम मात्र गरेको हुँ’ – कुलमान घिसिङ

प्रकाशित मिति : २०७७ भाद्र २९ गते

काठमाडौँ / ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो ।
नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बने ।
तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र खस्केको साखका बीच प्राधिकरण भित्रैबाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाए । त्यो नियुुक्ति प्राधिकरणको अवनतिलाई उन्नतिमा रूपान्तरण गर्ने योजनाको सुुरुवात थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको पूर्ण समर्थन रह्यो । सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै आइतबारबाट बिदा भए ।
आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उनले गोरखापत्रसँग भने, “संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइन, उसको इच्छा शक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिमले सफलता दिलाउने हो । मैले काम मात्र गरेको हुँ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66