२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ज.ज.क. मुद्दाका फरार दुई अभियुक्त ६ वर्षपछि पक्राउ

प्रकाशित मिति : २०७७ भाद्र ३० गते

कञ्चनपुर / कञ्चनपुरमा सामूहिक करणी मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
स्थानीय युवतीलाई करणीको वारदातपछि दुवै जना २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई २०७२ असार २८ गते जनही ११-११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17