२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

स्वास्थ्य मन्त्रालयको निर्देशन क्यान्सर अस्पतालद्वारा बेवास्ता

प्रकाशित मिति : २०७७ आश्विन २ गते

चितवन / वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अटेर गरि पिसीआर परिक्षणमा अतिरिक्त शुल्क लिएको छ ।
मन्त्रालयले पिसीआर परिक्षण शुल्क रु २ हजार मात्र लिन सरकारी र निजी अस्पताल एबं प्रयोगशालाहरुलाई निर्देशन गरेको छ । तर अस्पतालले रु ४७ पर्ने भिटिएमका लागि रु ५ सय लिदै आएको छ । अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माका अनुसार नमुना सङ्कलनका लागि रु ५ सय अतिरिक्त शुल्क अस्पतालले लिदै आएको छ ।
उहाँले भन्नुभयो “अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।” रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको वैठकले घटाउने निर्णय गर्ने उहाँको भनाई छ ।


अस्पतालले भिटिएम सहितको खर्चका लागि भन्दै स्वाब सङ्कलनमा अतिरिक्त रकम उठाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले पिसीआर परिक्षणमा रु २ हजार भन्दा वढि कसैले लिन नपाउने बताउनुभयो । कसैले अटेर गरेमा कारवाहि गरिने उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले क्यान्सर अस्पतालले मन्त्रालयले निर्देशन गरे अनुसार नै शुल्क लिएको भन्ने जानकारी आँफुलाई गराएको बताउनुभयो ।
उहाँले अतिरिक्त शुल्क लिएको बिषयमा आँफुले बुझ्ने जानकारी दिनुभयो । यहाँ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले रु २ हजार मात्र लिएको छ ।
–हल्कारो समाचारबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98