चितवन / चितवनमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार गरिएको परिक्षणमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार पुर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा रत्ननगर नगरपालिका वडा नं. ५ का २७ वर्षीय पुरुष, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ४ र २ का ४३ र ३२ वर्षीया दुई जना पुरुष तथा राप्ती नगरपालिका वडा नम्बर ६ का २४ बर्षका एक जना पुरुष र २२ बर्षका एक जना महिलामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब लिइएको जनाइएको छ । प्रयोगशालामा शुक्रबार कुल ३१२ नमुना परीक्षण गरिएकोमा ५ जनाको नमुनाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
- ADVERTISEMENT -