बन्दिपुर / बन्दीपुर गाउँपालिकाका पाँच दलले बन्दीपुर–६, सराङघाटस्थित सेती किनारको क्रसर उद्योग अवैध ठहर गर्दै बन्द गराउन गाउँपालिकामा माग गरेका छन् । पाँच दलले गाउँपालिकामा ज्ञापन पत्र पठाउँदै करोडौं राजस्व छलिएको भन्दै उद्योग बन्द गरेर लिलाम गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तिकारी) का नेताहरुले गाउँपालिकाका अध्यक्ष पूर्णसि थापालाई बुझाइएको ज्ञापनपत्रमा सर्वदलीय सहमतिलाई बेवास्ता गरिएको आरोप लगाइएको छ ।
दलहरुले युवा स्वरोजगार कार्यक्रममा पक्षपातपूर्ण व्यवहार गरिएको, बाढी पहिरो पीडितलाई वितरण गरिएको राहतमा पक्षपात भएको भन्दै विवरण माग गरिएको छ । बन्दीपुर अस्पतालमा औषधीको अभाव तथा कर्मचारी नियुक्तिमा पनि दलहरुले असन्तुष्टि जनाएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसका कर्णबहादुर खत्री, जसपाका ताराबाबु भट्टराई, राप्रपाका गोवर्धन भट्टराई र नेकपा (माओवादी)का सुन्दरलाल श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा स्थानीय विकास योजनामा पनि असन्तुष्टि भएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष थापाले केही दिनमा सबै जवाफ दिने बताउनु भएको छ । उहाँले सबै विषयको बुँदागत जवाफ दिने प्रतिवद्धता जनाउनु भयो ।
- ADVERTISEMENT -

करोडौं राजस्व छलिएको क्रसर उद्योग बन्द गर्न माग
September 22, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
