May 18, 2024

नेपालमा आज कोरोनामुक्त १४५५, संक्रमित थप १३१३ जना

September 25, 2020

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नियमित प्रेस ब्रिफ्रिङ मार्फत थप हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -