April 12, 2024

एकाबिहानै त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाइते

October 3, 2020
फोटो : इच्छाकामना न्यूज ।

चितवन / चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित धारापानी नजिकैबाट आज एकाबिहानै त्रिशुली नदीमा ट्रक खसेको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक ८० फिट तल त्रिशुली नदी किनारमा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिए । ट्रकको आधा भाग त्रिशुली नदी किनारमा डुवेको अवस्था छ ।
प्रसनि बसौलाका अनुसार दुर्घटनामा परी घाइते भएका ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउँका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेका छन् ।
दुर्घटना बिहान ५ बजे भए लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सशस्त्र टोली घटनास्थल पुगेका थिए । घाइतेको तत्काल उद्धार गरी उपचारको लागि गजुरी अस्पताल लगिएको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -