२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

तरकारीको भाउ बढ्यो ह्वात्तै, धेरैजसो सय बढी

प्रकाशित मिति : २०७७ आश्विन २१ गते

काठमाण्डौं / कोभिड–१९ का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ ।
कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल खानुपर्छ। तर भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत भदौ २० गते २८ रुपैयाँ किलोमा बिक्री भएको घिरौंलाको मूल्य तीन सय १० प्रतिशत बढेर मंगलबार एक सय १५ रुपैयाँ किलो पुगेको छ। हरेक दिन भान्सामा प्रयोग हुने प्याजको भाउ ५१ रुपैयाँ किलोबाट बढेर एक सय १५ पुगेको छ भने आलुको मूल्य एक सय पाँच रुपैयाँ छ। काउली एक सय १५ रुपैयाँ किलो, रायो साग सय, बोडी एक सय १०, हरियो प्याज एक सय ५५, गान्टे मूला सय, घिउ सिमीको मूल्य एक सय १० र भिन्डीको एक सय पाँच रुपैयाँ छ।
हरियो धनियाको मूल्य किलोको दुई सय २५, लसुन दुई सय ५५, हरियो खुर्सानी एक सय १५ रुपैयाँ किलो रहेको छ। खुर्सानीको भाउ एक सय नौ प्रतिशत, लसुनको भाउ एक सय चार प्रतिशत, धनियाको भाउ ५५ प्रतिशतले बढेको छ। तिते करेला ३३ रुपैयाँ किलोबाट एक सय ५८ प्रतिशत बढेर ८५ रुपैयाँ, लौकाको मूल्य ४२ बाट ६७, परवल ६८ बाट बढेर एक सय १५, गाजरको मूल्य ५२ बाट ९८ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ। खुद्रा बजारमा पुग्दा तरकारीको मूल्य अझै धेरै पुग्छ।
तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन घटेर उपत्यकामा कम तरकारी आएकाले भाउ महँगो भएको बताए। ‘तराईबाट तरकारी आएको छैन,’ घिमिरेले भने, ‘काठमाडौं आसपासको उत्पादनले नपुगेपछि महँगो भयो।’ घिमिरेका अनुसार कालीमाटीमा विगतमा दैनिक सातआठ सय टन तरकारी आउने गरेकोमा अहिले पाँच सय टनमात्र आयात भएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11