काठमाण्डौं / अन्तर्राष्ट्रिय तमु (गुरुङ) परिषद् (आईटिसी) द्वारा आयोजित अन्तराष्ट्रिय तमु संवाद श्रृङ्खला आजदेखि सुरु भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण तमु (गुरुङ) हरुले यस वर्ष भर्चुअल प्रविधि (जुम)बाट तमु संवाद श्रृङ्खला सुरु गरिएको हो ।
आज शुक्रबार ९ अक्टोवरदेखि सुरु भै १२ अक्टोवरसम्म ४ दिन चल्ने सो संवाद श्रृङ्खलामा हरेक दिन विभिन्न शीर्षकमा साँझ ५ बजेदेखि ८ बजेसम्म बहस, छलफल र अन्तरक्रिया हुनेछ । संवाद श्रृङ्खलाको पहिलो दिन मेरो गाउँघर (ङइ नाँस ट्हो) र तमु(गुरुङ) भाषा र साहित्य शीर्षकमा संवाद भएको छ ।
कार्यक्रममा आ–आफ्नो प्रस्तुती राख्दै अधिंकाशं सहभागीहरुले संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति संरक्षण सम्वद्र्धन प्रवद्र्धनका लागि कटिबद्ध भएर काम गरिरहेको बताएका थिए । प्रस्तुतीकै क्रममा २ लाख तमु समुदाय रहेको भारतमा जनजातिको मान्यता दिन पहल भैरहेको र गुरुङ डेभलपमेण्ट बोर्ड गठन गर्न आसाम राज्य सकरात्मक रहेको अखिल भारतीय गुरुङ बौद्ध संगठनका अध्यक्ष आनन्द गुरुङले बताउनुभयो भने युनाईटेड गुरुङ सोसाईटि अमेरिकाका प्रदिप गुरुङले हरेक हप्ता शनिबार र आईतबार रोधीं सञ्चालन गर्ने, हरेक वर्ष फरक फरक राज्यमा गै एकिकृत रुपमा ल्होसार मनाउने भाषा भेषभुषा संस्कृति संस्कार जोगाउन विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, नेपालका सह–महासचिव डम्बरबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो, भने प्रा.डा.ओम गुरुङले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । यस्तै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष कणर्बहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएकोे कार्यक्रममा तमू समाज बहराइनका अध्यक्ष नरेन्द्र घलेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै अध्यक्ष घलेले तमूहरु जहाँ भएपनि एक भएर अघि बढनुपर्ने भन्दै यसप्रकारको कार्यक्रमले तमूहरुको एकता अझै भरिलो र खाँदिलो बन्ने बताउनुभयो।
यस्तै कार्यक्रम समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रा. डा.ओम गुरुङले यो एउटा नयाँ खालको कार्यक्रम भएको र जसले जहाँ छ आफूले त्यही नै त्यहाँको आफनो गाउँ मान्नुपर्ने परिकल्पनाका साथ आयोजना भएको कार्यक्रम असाध्यै राम्रो भएको बताउनुभयो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय तमु संवाद श्रृङ्खला सुरु, भर्चुअलबाट ४ दिन चल्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













