वासिङ्गटिन डि.सी. / डेमोक्राटिक पार्टीका उम्मेद्वार जो बाइडनले अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएको छ । उनी अमेरिकाको ४६औ रास्ट्रपतिको रुपमा विजयी भएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
चुनावको हिसावले महत्वपूर्ण मानिएको पेन्सलभिनियामा बाइडेनले अग्रता लिएसँगै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेको बिबिसीको प्रक्षेपणले देखाएको छ । बाइडेनसँगै उपराष्ट्रपति पदमा उम्मेद्धारी दिनु भएकी डेमोक्राटिक पार्टिका कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुनु भएको छ ।
बाइडनले २ सय ७९ इलेक्टोरल कलेजमा विजय प्राप्त गरिसक्नु भएको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचन जित्न २ सय ७० इलेक्टोरल कलेजमा जीत चाहिन्छ । ७७ वर्षिय बाइडेन, अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति हुनुहुनेछ ।
November 8, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -