बैतडी / दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।
मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् । रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बैतडीमा दुर्घटना : ९ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.86
154.46

European Euro
1
176.40
177.09

UK Pound Sterling
1
207.80
208.61

Swiss Franc
1
190.57
191.32

Australian Dollar
1
107.69
108.11

Canadian Dollar
1
109.58
110.00

Singapore Dollar
1
119.37
119.83

Japanese Yen
10
9.49
9.52

Chinese Yuan
1
22.74
22.82

Saudi Arabian Riyal
1
40.97
41.13

Qatari Riyal
1
42.21
42.37

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.89
42.06

Malaysian Ringgit
1
37.78
37.93

South Korean Won
100
10.40
10.45

Swedish Kroner
1
16.00
16.07

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.63
19.70

Kuwaity Dinar
1
500.36
502.31

Bahrain Dinar
1
408.09
409.68

Omani Rial
1
399.62
401.17














