काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताएकी छिन् ।
शुक्रबार सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताएकी छिन् । उनले अहिले उत्पादनको समस्या नरहेको भन्दै उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताएकी हुन् ।
सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको विक्री तिनै विक्री केन्द्रबाट सुनिस्चित गरिने उनले बताईन् । यस्तै किसानहरुले उत्पादन गरेका वस्तु विक्री गर्न सहकारीहरुले आफै बजारको स्थापना गर्नुपर्नेमा उनको जोड छ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको शुक्रबार उद्घाटन गरिएको हो ।
सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने मन्त्री अर्यालले बताईन् ।
नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘उत्पादित सामग्रीको बजारीकरण प्रमुख चुनौती’ : मन्त्री अर्याल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20













