February 6, 2025
- ADVERTISEMENT -

गैरआवासीय नेपालीले सुरु गरे कोरोना विरुद्धको खोप

December 27, 2020

काठमाडौं / गैरआवासीय नेपालीले कोरोना विरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाल संघ (एनआरएनए)ले जनाएको छ ।
बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका संघले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।
९४.५ प्रतिशत नेपाली कोरोनामुक्त
विदेशमा कोरोना संक्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । संघका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा संक्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -