दार्चुला / प्रहरीले ३ लाख नगद सहित २२ जना जुवाडेलाई जुवा खालबाट पक्राउ गरेको छ । सोमबार बेलुकी दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ विद्यानगर टोलस्थित एक व्यक्तिको घरबाट नगदसहित २२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
दार्चुला सदरमुकाम खलंगास्थित गोविन्दबहादुर धानुकको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको टोलीले नगद रु ३ लाख ३७ हजार ७ सय ६७ रुपैयाँ सहित २२ जना पुरुषहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनु भएको छ ।
प्रहरी निरीक्षक चन्दका अनुसार जुवा तास खेल्ने खेलाउने दुवै पक्षलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नगद सहित ५ गुड्डी तास बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनु भएको छ । दार्चुलामा प्रहरीले यति ठुलो रकम सहित जुवाडेहरू पक्राउ गरेको यो पहिलो घटना हो ।
२२ जना जुवाडेहरु पक्राउ, ३ लाख बढी नगद बरामद

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
