चितवन / भरतपुरको वाईपास सडक निर्माण ठेक्का पाएको गौरी पार्वती निर्माण सेवालाई जरिवाना गरिने भएको छ । निर्माण सम्पन्न गर्ने मिति पटक पटक थप गर्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसकेपछि उक्त कम्पनीलाई जरिवाना हुने भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार अन्तिम पटक थप गरिएको मिति पुस मसान्तमा सम्पन्न भएको छ ।
अब उक्त कम्पनीले ठेक्का रकमको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । अधिकारीले भन्नुभयो “मिति सक्किएपछि काम गर्न उसैले पाउँछ तर, जरिवाना पनि हुन्छ ।” अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ । कोरोना भाइरस र लकडाउनका कारण काम प्रभावित भएको भन्दै पछिल्लो पटक पौष मसान्तसम्म म्याद थप गरिएको थियो । तर उक्त कम्पनीले अहिलेसम्म जम्मा ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख अधिकारीले अब मिति थप नहुने जानकारी दिनुभयो । ठेक्का सम्झौता रकम अनुसार ठेकेदार कम्पनीलाई जरिवाना हुने उहाँको भनाई थियो । जस अनुसार ठेकेदार कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने उहाँले जानकारी दिनुभयो । तर निर्माण कम्पनीले मिति सक्किए पनि जरिवाना तिरेर अधिकतम २ सय दिनसम्म काम गर्न पाउँछ । उक्त अवधिमा पनि काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध हुने कानुनी व्यवस्था छ । अधिकारीका अनुसार निर्माण कम्पनीको काम रोकिंदैन तर जरिवाना तिर्दै कामलाई निरन्तरता दिन पाउँछ ।
उक्त सडक विस्तारका लागि गौरी पार्वती निर्माण सेवा कम्पनीसँग १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको थियो । ठेकेदारको चरम लापरबाहीले काम सम्पन्न गर्न ढिलाई भएको भन्दै चौतर्फी गुनासो भएपछि निर्माण कम्पनीले आलटार गर्दै आएको छ ।
- ADVERTISEMENT -

‘वाईपास सडक निर्माण गर्ने गौरी पार्वती निर्माण सेवालाई जरिवाना हुने’
January 16, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
