निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पत्रकारद्वय सिंखडा र घिमिरे सम्मानित

प्रकाशित मिति : २०७७ माघ १८ गते
- ADVERTISEMENT -

चितवन / चितवन केरा उत्पादक संघको छैठौँ वार्षिक साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट संघ र केरा ब्यवसायमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकार शिशिर सिंखडा र राजेश घिमिरेलाई सम्मान गरिएको छ । पत्रकार सिंखडा रेडियो नेपालका चितवन सम्वाददाता तथा कालिका दैनिकका सम्पादक हुनुहुन्छ । नेपाल प्रेस संगठनका केन्द्रीय सदस्यसमेत रहनु भएका उहाँ चितवनमा विगत २३ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल रहनु भएको छ ।
त्यस्तै पत्रकार घिमिरे सेतोपाटी अनलाइनका चितवन सम्वाददाता हुनुहुन्छ । उहाँ पनि चितवनमा बिगत १५ बर्ष भन्दा बढी समयदेखि पत्रकारितामा कृयाशिल रहनु भएको छ । उहाँहरुलाई सो संघका अध्यक्ष घननाथ महतो तथा सो साधारण सभाका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिप पाण्डेले टीका, खादा र सम्मान पत्रले सम्मानित गर्नु भएको थियो । सोही अबसरमा केरा खेती गर्ने उत्कृष्ट किसानहरुलाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष महतोले कार्यक्रममा स्वागत मन्तव्य राख्दै केरा ब्यबसायमा भएको प्रगति, समस्या र चुनौतीको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विष्णुहरि पन्त, इन्द्र ढुंगाना, नोदनाथ लामिछाने, टेकेन्द्र धामी, बेदप्रसाद भट्टराईलगायतले मन्तव्य राख्नु भएको थियो ।
व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आउनुभएको छ । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48