चितवन / चितवन केरा उत्पादक संघको छैठौँ वार्षिक साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट संघ र केरा ब्यवसायमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकार शिशिर सिंखडा र राजेश घिमिरेलाई सम्मान गरिएको छ । पत्रकार सिंखडा रेडियो नेपालका चितवन सम्वाददाता तथा कालिका दैनिकका सम्पादक हुनुहुन्छ । नेपाल प्रेस संगठनका केन्द्रीय सदस्यसमेत रहनु भएका उहाँ चितवनमा विगत २३ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल रहनु भएको छ ।
त्यस्तै पत्रकार घिमिरे सेतोपाटी अनलाइनका चितवन सम्वाददाता हुनुहुन्छ । उहाँ पनि चितवनमा बिगत १५ बर्ष भन्दा बढी समयदेखि पत्रकारितामा कृयाशिल रहनु भएको छ । उहाँहरुलाई सो संघका अध्यक्ष घननाथ महतो तथा सो साधारण सभाका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिप पाण्डेले टीका, खादा र सम्मान पत्रले सम्मानित गर्नु भएको थियो । सोही अबसरमा केरा खेती गर्ने उत्कृष्ट किसानहरुलाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष महतोले कार्यक्रममा स्वागत मन्तव्य राख्दै केरा ब्यबसायमा भएको प्रगति, समस्या र चुनौतीको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विष्णुहरि पन्त, इन्द्र ढुंगाना, नोदनाथ लामिछाने, टेकेन्द्र धामी, बेदप्रसाद भट्टराईलगायतले मन्तव्य राख्नु भएको थियो ।
व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आउनुभएको छ । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।
चितवनका पत्रकारद्वय सिंखडा र घिमिरे सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
