२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

माइक्रो बस दुर्घटना, दुईको मृत्यु

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते
Photo : Halkaro
- ADVERTISEMENT -

सुर्खेत / दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिकोटको साविक भर्ती गाविस वडा नम्बर ९ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त बसमा १५ जना यात्रु सवार थिए । माइक्रो अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेका छन् । दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -