मकवानपुर / कर्णाली प्रदेशका तीन जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।
एमालेका तीन जना मन्त्री क्रमश प्रकाश ज्वाला, दल रावल र नन्दसिं बुढाको राजीनामा स्वीकृत भएको हो ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उनीहरुको राजीनामा स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएका मन्त्रीहरुको रिक्त स्थानमा हाल कायम रहेका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन् ।
जसअनुसार आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तथा भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन जनाले मंगलबार राजीनामा बुझाएका थिए ।
तीन मन्त्रीको राजीनामा स्वीकृत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
