हेटौंडा / प्रहरीले २३ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । ना१ह ९०९९ नम्बरको अटोमा उक्त गाँजा लैजाँदै गरेको अवस्थामा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका मध्ये दुईजना महिला छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन् ।
प्रहरीले अटो चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको उक्त लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
हेटौंडामा २३ किलो गाँजासहित तीनजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
