January 21, 2025
- ADVERTISEMENT -

मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुईको मृत्यु

May 11, 2021
File Photo

तनहुँ / मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ३ ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृतक दुबै जना दाजुभाइ हुन् ।
घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएका थिए ।
मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -