मकवानपुर / गत असार १ गते आएको अबिरल वर्षापछि गएको बाढीपहिरोमा परी सिन्धुपाल्चाकको हेलम्बु र मेलम्चीमा ५ जनाले मृत्यु भएको छ ।
बागमती प्रदेश आन्तरिक मामिला ता कानुन मन्त्री केशवराज पाण्डे आज बसेको बागमती प्रदेशसभाको बैठकमा समय माग गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उनका अनुसार, इन्द्रावती खोलामा आएको बाढीका कारण मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालमा चिनिया २ जना, भारतीय २ जना र नेपाली १ जनाको मृत्यु भएको हो ।
उक्त बाढीका कारण सो क्षेत्रका स्थानीय, केही भारतीय र केही चिनिया गरी कुल २० जना व्यक्ति सम्पर्क विहिन छन् भने १२३ जना व्यक्ति उद्दा्र गरेको उनले जानकारी दिए ।
सो बाढीका कारण सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु, पाँचपोखरी र भोटेकोशीका कुल २ सय ९३ घरपरिवार विस्थापित भएका र ४ सय ९४ घर जोखिममा रहेको उनको भनाई छ ।
त्यस्तै गएरातीदेखि परेको बर्षाका कारण चितवनको राप्ती नगरपालिका–४ मा पहिरोका कारण २ जनाको मृत्यु, सिन्धुलीको कमलामाई–८ मा एक शव फेला परेको छ भने एक घर पहिरोमा परी एक जना वेपत्ता रहेको उनले जानकारी दिए ।
मन्त्री पाण्डले बैठकमा विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले तत्काल ५ करोड रुपैयाँ उपलब्ध गराउने बताए । जसमध्ये १ करोड रुपैयाँ सिन्धुपाल्चोकको विपत्त व्यवस्थापन समिति मार्फत खर्च हुनेछ ।
बागमती प्रदेश बाढीपहिरो : ८ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
