२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पार्टी एकताको समयमा स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो

प्रकाशित मिति : २०७८ श्रावण ७ गते

काठमाडौं / वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको वार्ता चलिरहेका बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको प्रतिक्रिया दिएको छ। नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यको बैठकले एकताको प्रक्रिया चलिरहेका बेला स्पष्टीकरण सोध्नु गलत भएको निश्कर्ष निकालेको हो। उनीहरुले एकता विरोधी यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।
बैठकमा पार्टी एकताका लागि १० बुँदे सहमति चलिरहँदा स्पष्टीकरण सोध्ने, नारा जुलुस तथा पुत्ला दहन गर्ने जस्ता उत्तेजित गतिविधि गर्ने, विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्नेजस्ता कार्य रोकी एकताको पक्षमा सबै लाग्नुपर्नेमा छलफल भएको छ।
‘अदालतको फैसलाले प्रष्ट रूपमा धारा ७६ (५) मा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यसलाई आधार बनाएर अरू निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो भएन’, स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।
नेता पन्तले एकताको प्रक्रिया चलिरहेको बेला नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजीदेखि पुत्ला जलाउने क्रियाकलाप तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराइएको बताए।
‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवम् पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’, उनले भने, ‘यस्ता गलत र उत्तेजक काम कारबाहीविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गराउँछ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09