२०८३ असार ३, बुधबार
June 17, 2026
२०८३ असार ३, बुधबार
June 17, 2026 Wednesday
- ADVERTISEMENT -

राससको समाचार श्रब्य दृष्यमार्फत् पनि सम्प्रेषण गरिने

प्रकाशित मिति : २०७८ श्रावण १२ गते

मकवानपुर / राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले अब राससले सम्प्रेषण गर्दै आएको दैनिक समाचारलाई श्रब्यदृष्यको माध्यमबाट पनि प्रशारण गर्ने गृहकार्य भइरहेको जानकारी दिएका छन् ।
मंगलबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र सचिव मदन भुजेलसंगको शिष्टाचार भेटका क्रममा महाप्रबन्धक राईले राससले दैनिक रुपमा नेपालीको रुपान्तरण अंग्रेजी र अंग्रेजीको रुपान्तरण नेपालीमा विभिन्न प्रकारका समाचारहरु सम्प्रेषण गरी सार्वजनिक गर्दै आएको र अब अत्याधुनिक प्रविधिबाट समाचारलाई श्रब्यदृष्यको माध्ध्यमबाट पनि प्रशारण गर्ने गृहकार्य भइरहेको बताए ।
उनले आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेलाई राससको तर्फबाट राससको समाचारलाई छिटो छरितोको साथ सम्प्रेषण गर्ने क्रममा राससलाई नै उच्च प्राथमिकताका साथ सहयोग पुर्याउने उदेश्यले आज एक अनुरोध पत्रसमेत हस्तान्तरण गरेका छन् ।
मन्त्री पाण्डेले सरकारी स्वामित्वमा रहेका संस्थाहरुलाई आन्तरिक मन्त्रालयले कृयाशील तुल्याउने र पत्रकारितालाई सत्य निष्ठापूर्वक सरकारले गरेका जनहितका लागि विभिन्न कार्यक्रम र योजनाहरुको समाचार सम्प्रेषण गर्न सकारात्मक रुपमा सहयोग पुर्याउने धारणा व्यक्त गरे ।
राससका प्रशासन प्रमुख उत्तम शिलवाल र बरिष्ठ समाचारदाता प्रकाश शिलवालले राससले अहिले सर्वसाधारणलाई विश्वस्त हुने समाचार प्रयोग गर्दै आएको र सरकारको अतिरिक्त सातै प्रदेशबाटै आर्थिक, सामाजिक, राजनैतिक र आलेख समाचारलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्दै आएको उल्लेख गर्दै अब समाचार संकलन गर्ने प्रविधिलाई पनि अत्याधुनिक साधन स्रोत प्रयोग गरेर गरिन लागेको जानकारी दिए ।
यसैगरी राससका महाप्रबन्धक राईसहितको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसंग शिष्टाचार भेट गरेको छ ।
२०१७ साल फागुन ७ गते राष्ट्रिय संवाद समिति र सगरमाथा संवाद समितिलाई तत्कालीन सरकारले एकिकृत गरी राष्ट्रिय संवाद समितिको स्थापना गरिएको थियो ।
वि.स २०२८ सालमा तत्कानीन श्री ५ को सरकारले रासस स्थापना भएको १० बर्षपछि राष्ट्रिय संवाद समितिको नाम परिवर्तन गरी राष्ट्रिय समाचार समितिको रुपमा रुपान्तरण भई हालसम्म कायम रहेको राससले जनाएको छ ।
२०१५ साल अघि नै राष्ट्रिय संवाद समिति र सगरमाथा संवाद समिति २ वटा छुट्टाछुट्टै संचार संस्थाहरु काठमाडौंमा स्थापना भई आ–आफ्नो तरिकाले दैनिक समाचार सम्प्रेषण गरी सर्वसाधारणलाई वितरण गर्दै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.24
151.84
European Euro
1
175.54
176.24
UK Pound Sterling
1
203.02
203.82
Swiss Franc
1
190.67
191.43
Australian Dollar
1
106.93
107.35
Canadian Dollar
1
108.19
108.62
Singapore Dollar
1
117.96
118.43
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.38
22.47
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.48
41.65
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
41.18
41.34
Malaysian Ringgit
1
37.34
37.49
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.12
16.18
Danish Kroner
1
23.49
23.58
Hong Kong Dollar
1
19.30
19.38
Kuwaity Dinar
1
492.72
494.67
Bahrain Dinar
1
401.11
402.71
Omani Rial
1
392.85
394.41