२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

अनावश्यक काममा घर बाहिर नजान प्रम देउवाको आग्रह

प्रकाशित मिति : २०७८ श्रावण २४ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा चाँडै कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
सरकारको एक्लो प्रयासले महामारीलाई नियन्त्रणमा लिन नसकिने भन्दै उनले सबैले मिलेर परास्त गर्नुपर्ने बताएका हुन् ।
उनले भने ‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ। संक्रमणको तेस्रो लहर चाडै नेपालमा पनि सुरु हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्रै कोरोना भाइरसको महामारीसँग लड्न सम्भव छैन। हामी सबै मिलेर मात्रै महामारीलाई तह लगाउन सक्छौँ । ’
प्रधानमन्त्रीले सन्देशमूलक भिडियोमार्फत् शनिबार भनेका छन्, ‘त्यसैले म तपाईहरुसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कौँ। बाहिर निस्कनुअगाडि नाक र मुख राम्रोसँग छोपिने गरी मास्कको प्रयोग गरौँ । भौतिक दूरी कायम गरौँ र, बेला बेलामा साबुन पानीले हात धोऔँ। स्वास्थ्य सचेतना सम्बन्धी जनस्वास्थ्यका मापदण्डको पालना गरौँ।’
महामारी नियन्त्रणको सबै भन्दा प्रभावकारी अस्त्र भनेको खोप भएको उल्लेख गर्दै उनले अहिले विभिन्न समूहलाई खोप लगाउने कार्य जारी रहेको बताए ।

- ADVERTISEMENT -