चितवन / एमाले चितवनका नेता तथा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले त्याग गरेका छन् ।
मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेपछि नेकपा एमाले त्याग गरेका हुन् । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गरेका छन् । उनी निकट स्रोतले जनाएअनुसार मन्त्री खनाल मंगलबार साँझ हेटौंडाबाट सिधै चन्द्रागिरी रिसोर्ट पुगेका थिए ।नेता खनाल यसअघि नेकपा एमाले चितवनको अध्यक्ष थिए ।
उनी चितवन क्षेत्र नम्बर २ बाट वाग्मती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका थिए । माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेस भएको नामवलीको सनाखत गर्ने काम सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत गरेको छ ।
भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो ।
- ADVERTISEMENT -
प्रदेश मन्त्री खनालले त्यागे एमाले, नयाँ दल दर्तामा हस्ताक्षर
August 25, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -