‘तामाङ समुदायले शिक्षामा जोड दिनुपर्छ’
चितवन / तामाङ पत्रकार संघ चितवनले नयाँ वर्ष २०७९ को भित्ते पात्रो सार्वजनिक गरेको छ । २०७० सालमा स्थापित संघले निरन्तर भित्ते पात्रो सार्वजनिक गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका ई। सूर्यप्रकाश लामाले ब्यानर वाचन गरी उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उद्घाटनपछि बोल्दै प्रमुख अतिथि लामाले तामाङ समुदायले शिक्षामा जोड दिनु पर्ने बताए । शिक्षामा कमजोर भएकै कारण विभिन्न अवसर गुमेको र पहुँच नपुगेको उनको भनाइ थियो ।
यसैबीच संघले न्यूजप्रवाह डटकमकी सम्वाददाता प्रमिला तामाङलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लामा र तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङले संयुक्त रुपमा उनलाई खादा, टिका र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
संघले तामाङलाई संस्थाको हित र उन्नयनका लागि विभिन्न कोणबाट महत्वपूर्ण योगदान पु¥याएको र संस्थाको गरिमा उच्च राख्न अमूल्य सहयोग प्रदान गरेकोमा सम्मान गरेको हो । उनी विगत १ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छिन् । २०७० सालमा स्थापित संघले पहिलो पटक संस्थामा योगदान पु¥याए वापत सदस्यलाई सम्मान गरेको हो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि लामालाई मायाको चिनो प्रदान गरिएको थियो । संघका अध्यक्ष तामाङले उनलाई मायाको चिनो स्वरुप बुद्धको मूर्ति दिइएको हो ।
कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रीय सचिव उर्गेन तामाङ, नेपाल तामाङ घेदुङ बागमति प्रदेश सदस्य ज्ञानबहादुर पाख्रिन, नेपाल तामाङ घेदुङ भरतपुर महानगरका अध्यक्ष नरजंग तामाङ, नेवाः पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरी, भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष पासाङ तामाङ, चितवन साप्ताहिकका सम्पादक सूर्यप्रसाद श्रेष्ठ, भरतपुर महानगर टोल विकास संस्थाका अध्यक्ष मेगलाल तामाङ लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । स्वागत मन्तव्य सहसचिव सन्तोष तामाङले दिएका थिए भने कार्यक्रम संचालन सचिव प्रकाश तामाङले गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका तामाङ पत्रकार संघद्वारा भित्तेपात्रो सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












