मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसलाई अहंकार र दम्भ नदेखाउन आग्रह गरेका छन् । पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा माओवादीले कांग्रेसलाई पनि ठेगान लगाउनुपर्ने दिन आउनसक्ने भन्दै चेतावनी दिए ।
‘हामी गठबन्धन कायम राखेरै जान चाहान्छौँ । यदि कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए हामी ठेगान लगाइदिन्छौँ ।’ उनले भने । ‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेमा अति धेरै अहंकार र दम्भ आयो । त्यसकारण म कांग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु । अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त हित नै गर्दैन। ’ उनले थपे ।
‘अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्नेछ । हामीलाई अरू केही छैन । तर, हामी चिन्तित छौँ । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो । अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् ।’
अहंकार र दम्भ देखाए कांग्रेसलाई पनि ठेगान लगाई दिने प्रचण्डको चेतावनी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
