चितवन / भरतपुर महानगरपालिका वडा नं २९ स्थित भतेरी जङ्गलको ओरालोमा डिब्बा ट्रक र बलेरोमा एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २२२० नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा१३च २२८७ नं को बलेरो बिहीबार एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा बलेरो चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं ७ बस्ने वर्ष १८ का समीर नेपाली र बलेरोमा सवार भारत मोतिहारी बस्ने वर्ष ४५ का दिलीप गुप्ता घाइते भएका छन् ।
दुबै घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । दुबै सवारी साधन र डिब्बा ट्रक चालक नियन्त्रणमा लिइएको र बाटो अवरोध नभएको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
भत्तेरी जंगलमा ट्रक र बोलेरो ठक्कर खाँदा दुई घाइते
July 21, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
