May 1, 2024

इच्छाकामनामा तरकारी लोड मिनीट्रक दुर्घटना, दुई जना घाइते

October 12, 2022

चितवन / इच्छाकामना गाउँपालिका ३ मौवाखोला नजिक मिनीट्रक दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गमा धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र.३–०१००६ ख १३८२ नं को तरकारी लोड मिनी ट्रक मंगलबार राति पौने बाह्र बजे आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार उक्त मिनी ट्रक सडक छेउबाट अन्दाजी ३० मिटर तल खसेको हो । दुर्घटनामा बेनिघाट रोराङ गाउँपालिका ९ बस्ने वर्ष २६ का दिपेश तामाङ र सहचालक सोही ठाउँ वडा नं. ८ बस्ने वर्ष २० का आकाश चेपाङ घाइते भएको प्रवक्ता पण्डितले जानकारी दिए ।
उक्त दुर्घटनामा परेका ट्रक चालकलाई टाउकोमा चोट लागेकोले उपचारको लागि भरतपुरतर्फ र सहचालक चेपाङलाई स्थानीय अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा रहेको छ भने अवरुद्ध सडक हाल दुबैतर्फ सुचारु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -