May 2, 2024

चितवनमा तीन तलाबाट खसेर दुई वर्षीय बालकको मृत्यु

October 21, 2022
file photo.

चितवन / चितवनको भरतपुर ११ जखडीमाईमा छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु भएको छ । दुई वर्षीय बालकको आफ्नै घरको छतमा खेल्ने क्रममा तीन तला माथिबाट खसेर बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरीका अनुसार पौने १ बजे छतबाट खसी गम्भीर घाइते बालक सियास भट्टको उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ती बालक ऋषिराम भट्टको नाति भएको प्रहरीले जनाएको छ भने उनका बाबुआमा सिताराम भट्ट र आशा भट्ट हाल जापानमा रहेको खुल्न आएको छ ।
हाल सो स्थानमा प्रहरीको टोलीद्वारा अनुसन्धान भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -