२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विपन्न नागरिकका लागि ३० लाखको उपचार कोष स्थापना

प्रकाशित मिति : २०७९ मंसिर १९ गते

चितवन / चितवनको रत्ननगरमा विपन्न नागरिकको उपचारका लागि ३० लाखको उपचार कोष स्थापना गरेको छ । रत्ननगर नगरपालिकाले नगरभित्रका नागरिकका लागि बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो ।
उक्त कोषको आइतवार नै औपचारिक रुपमा शुभारम्भ गरिएको हो भने कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ । सो नगरपालिकाले कोष सञ्चालनको लागि कार्यविधि बनाएको छ ।
आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस भनेर कोष स्थापना गरिएको मेयर प्रल्हाद सापकोटाले बताए । सबै नागरिकको बाँच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै मेयर सापकोटाले पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनु पर्ने अवस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौं । कोषबाट नगरभित्रका विपन्न नागरिक र अभिभावकको अपहेलनाका कारण सडकमा आएका नागरिकको समेत उपचार गरिने छ ।
वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । एक जनालाई उपचारका लागि १० हजार रुपैयासम्म उपलब्ध गराउने योजना रहेको मेयर सापकोटाले बताए । उपचार गर्दै जाँदा बढी रकम पनि खर्च हुन सक्छ उनले भने त्यस्तो अवस्थामा पनि कोषले उपचार खर्च व्यहोर्ने छ । कार्यक्रममा उपमेयर प्रल्हाद सापकोटाले पहिलो वर्ष कोषको काम प्रभावकारी भए अर्को आर्थिक वर्षमा रकम दोब्बर बनाउने घोषणा गरे ।
कोषको रकम दुरुपयोग हुनु हुँदैन उनले भने लक्षित वर्गको उपचारमा खर्च हुन सक्यो भने मात्र यसको उद्देश्य पुरा हुने छ । उनले नगरपालिकाले चालु आर्थिक वर्षमै ३ हजार २०० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनी गरिसकेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले कोषले गरिवको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने बताए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्य, अस्पतालका मेसु डा.मदन ज्ञावली, पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34