२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘ह्रोसैँ ङ्हो’ गुरूङ चलचित्रको कला मन्दिरमा प्रदर्शन

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते

चितवन / नेपाली भाषामा बनेको गुरूङ संस्कृतिमा आधारित चलचित्र ‘ह्रोसैँ ङ्हो’ अर्थात् आफ्नै कर्मको नारायणगढमा भव्य प्रदर्शन गरिएको छ । काठमाडौँ, लम्जुङ, कास्की, गोरखा हुँदै मलेसियामा समेत प्रदर्शन गरिएको चलचित्रलाई शनिबार नारायणी कला मन्दिरमा प्रदर्शन गरिएको हो । दर्शकहरूको उल्लेख्य उपस्थितिमा दुई शो प्रदर्शन गरिएको थियो ।
सामाजिक विषयवस्तुलाई मुख्य कथा बनाइएको चलचित्रले माया, प्रेम, वियोग, विभेदलगायतका विषयलाई उठाउने प्रयास गरिएको छ । द्वन्द्व निर्देशक जनक गुरूङको लेखन÷निर्देशनमा बनेको चलचित्र रविन गुरूङको सहनिर्देशन र परिकल्पनामा निर्माण भएको हो। तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका रविन गुरूङले नवज्योति भिजनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् ।
उनीसँगै लालबहादुर गुरूङ, शमशेर गुरूङ, मन्त्रीजंग गुरूङ, प्रतिमा गुरूङ, जुनु गुरूङ, माया गुरूङ र जमान गुरूङले समेत लगानी गरेको चलचित्रमा रविन गुरूङ, वीरबल घले, जनक गुरूङ, अनुता गुरूङ, आकृती गुरूङ, माया गुरूङ, रेशम गुरूङ, राम गुरूङ, श्रद्धा गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
खेम थापामगरले छायांकन गरेको चलचित्रलाई मेखबहादुर थापामगरले सम्पादन गरेका हुन् । चलचित्रमा नृत्य निर्देशन रविन गुरूङ र मनाङ गुरूङले गरेका हुन् भने द्वन्द्व जनक गुरूङले निर्देशन गरेका हुन् । चितवनमा दर्शकको उपस्थिति अनपेक्षित देखिएपछि चलचित्रले सोचेभन्दा बढी सफलता पाएको निर्माण टिमको दाबी छ । चलचित्रका निर्माता रविन गुरूङले दर्शकसँग बसेर चलचित्र हेर्दा आफैँलाई भावुक बनाएको अनुभव सुनाए ।
द्वन्द्व निर्देशक जनक गुरूङले लामो समय नेपाली चलचित्रको द्वन्द्व निर्देशक भएर काम गरेको अनुभवकै आधारमा चलचित्रकै निर्देशन गर्दै आएको बताए । उनले करिब एकसयभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशक भएर काम गरिसकेका छन् । ‘चलचित्र क्षेत्रमै उर्जाशील जीवन बिताएँ । त्यसैले अब द्वन्द्व निर्देशकमा मात्रै सीमित हुन चाहिनँ,’ उनले भने । उनले तामाङ र थारू भाषामा बनेको चलचित्रसमेत निर्देशन गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72