२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्ती नगरपालिका–२ का वडाध्यक्ष उप्रेतीविरुद्ध उजुरी, पिडितद्वारा न्यायको अपिल

प्रकाशित मिति : २०८० श्रावण ११ गते

चितवन / राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेतीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नाबालिका छोरीलाई निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रेतीविरुद्ध पिडित पक्षका श्रीमानले श्रावण ७ गते उजुरी दिएका हुन् ।
कामको शिलशिलामा बाहिर हुँदा श्रीमतीसँग वडा अध्यक्षले पटकपटक अनावश्यक फोनमा कुराकानी गर्ने, म्यासेन्जरमा आपत्तिजनक शब्दहरु प्रयोग गर्ने तथा रातको समयमा आफ्नो नाबालिग छोरीको विभिन्न किसिमको तस्विर माग्ने गरेको उजुरीमा उल्लेख छ ।
वडाअध्यक्ष उप्रेती र आफ्नी श्रीमतीको गलत क्रियाकलापको शिकार आफ्नी नावालिग छोरी हुन गएको भन्दै वडाअध्यक्ष उप्रेतीलाई तत्काल झिकाई कारवाही गर्न उनले प्रहरीमा निवेदन दायर गरेको उजुरीमा उल्लेख छ ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनमा उप्रेती विरुद्ध उजुरी लिएर जाँदा प्रहरीले विभिन्न कारण देखाउदै उजुरी फिर्ता गराएको उनको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा प्रहरीले कार्यालयमा निवेदन आएको र यसलाई छलफल मार्फत टुंग्याउने बताएको छ ।
उप्रेती नेकपा एमाले राप्ती नगर कमिटी उपाध्यक्ष समेत हुन् भने वडाध्यक्षमा उनको दोश्रो कार्यकाल हो ।
पिडित निवेदकले प्रहरीलाई छिटोभन्दा छिटो दोषीलाई कार्वाही गरी न्याय दिलाउन अनुरोध गरेका छन् । असहज परिस्थितिमा निर्धक्क साथ काम गर्न नसकिने, परिवार पालन पोषणमा गाह्रो भएकाले न्यायको लागि सम्बन्धित सबै निकायसँग उनले अपिल गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09