२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

राप्ती नगरपालिका–२ का वडाध्यक्ष उप्रेतीविरुद्ध उजुरी, पिडितद्वारा न्यायको अपिल

प्रकाशित मिति : २०८० श्रावण ११ गते
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेतीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नाबालिका छोरीलाई निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रेतीविरुद्ध पिडित पक्षका श्रीमानले श्रावण ७ गते उजुरी दिएका हुन् ।
कामको शिलशिलामा बाहिर हुँदा श्रीमतीसँग वडा अध्यक्षले पटकपटक अनावश्यक फोनमा कुराकानी गर्ने, म्यासेन्जरमा आपत्तिजनक शब्दहरु प्रयोग गर्ने तथा रातको समयमा आफ्नो नाबालिग छोरीको विभिन्न किसिमको तस्विर माग्ने गरेको उजुरीमा उल्लेख छ ।
वडाअध्यक्ष उप्रेती र आफ्नी श्रीमतीको गलत क्रियाकलापको शिकार आफ्नी नावालिग छोरी हुन गएको भन्दै वडाअध्यक्ष उप्रेतीलाई तत्काल झिकाई कारवाही गर्न उनले प्रहरीमा निवेदन दायर गरेको उजुरीमा उल्लेख छ ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनमा उप्रेती विरुद्ध उजुरी लिएर जाँदा प्रहरीले विभिन्न कारण देखाउदै उजुरी फिर्ता गराएको उनको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा प्रहरीले कार्यालयमा निवेदन आएको र यसलाई छलफल मार्फत टुंग्याउने बताएको छ ।
उप्रेती नेकपा एमाले राप्ती नगर कमिटी उपाध्यक्ष समेत हुन् भने वडाध्यक्षमा उनको दोश्रो कार्यकाल हो ।
पिडित निवेदकले प्रहरीलाई छिटोभन्दा छिटो दोषीलाई कार्वाही गरी न्याय दिलाउन अनुरोध गरेका छन् । असहज परिस्थितिमा निर्धक्क साथ काम गर्न नसकिने, परिवार पालन पोषणमा गाह्रो भएकाले न्यायको लागि सम्बन्धित सबै निकायसँग उनले अपिल गरेका छन् ।

- ADVERTISEMENT -