April 22, 2025

प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार, तीन जना पक्राउ

August 25, 2023
File photo.
- ADVERTISEMENT -

झापा / इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि बञ्चरो प्रहार भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङयाचोकमा तीन जनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि बञ्चरो प्रहार गरेका हुन् ।

बञ्चरो प्रहारबाट कटवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

बञ्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटवालको उपचारको लागि बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ ।
प्रहरी निरीक्षक कटवाललाई आक्रमण गर्नेहरु मे ४ प २७५१ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -