ताप्लेजुङ / जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
१३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वागाउँपालिका–६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।
सप्तरीको महादेव गाउँपालिका–२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ ।
जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।