March 15, 2025
- ADVERTISEMENT -

अनलाइनमा ठगी गर्ने ४ भारतीयसहित ९ जना पक्राउ

November 23, 2023
File Photo.

धनगढी / अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–५ तारानगरमा अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ९ जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये चार जना भारतीय नागरिक हुन् ।

पक्राउ पर्नेहरुमा डोटीको सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् ।

यसैगरी, पक्राउ पर्नेहरुमा भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेका छन् ।

पक्राउ परेका उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्नालगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको खुलेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -