मकवानपुर / बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा बाघको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन राप्ति नगरपालिका वडा नम्वर १ दुबि चौर बस्ने अन्दाजी ४३ वर्षीय हरी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बाघको आक्रमणबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बाघको आक्रमणबाट एक जनाको मृत्यु
November 25, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
