April 26, 2025

बोराभित्र मृत भेटिएका महिला र पुरूषको स्केच सार्वजनिक

December 4, 2023
- ADVERTISEMENT -

भरतपुुर / जिल्ला प्रहरी कार्यालय चितवनले महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले भरतपुर–१२ मिलनचोकमा बोराभित्र मृत अवस्थामा फेला परेका दुईको स्केच तस्बिर आइतबार सार्वजनिक गरेको हो ।
भरतपुर–१२ स्थित केरूंगा घोलको कलभर्टमुनि बोराभित्र राखिएको अवस्थामा दुइटा शव फेला परेका थिए ।
माछा मार्न गएका व्यक्तिले दुर्गन्ध आएपछि दुइटा बोरामा शंकास्पद वस्तु भेटिएको खबर प्रहरीलाई गरेका थिए । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले बोराभित्र महिला र पुरूषको शव फेला पारेको थियो । दुवै शवमा हातखुट्टा बाँधिएको, मुखमा पट्टी बाँधिएको थियो ।

- ADVERTISEMENT -