May 3, 2024

पूर्वी चितवन पत्रकार मञ्चको नेतृत्वमा होमनाथ सापकोटा

December 5, 2023

चितवन / पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा होमनाथ सापकोटा चयन भएका छन् । सोमबार सम्पन्न मञ्चको विशेष अधिवेशनले आगामी कार्यकालका लागि सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा महेश पाण्डे, सह–सचिवमा निरूता विक र सञ्जय चौधरी, कोषाध्यक्षमा रामेश्वर रिजाल र सदस्यहरुमा सन्तोष बस्ताकोटी, सागर ढुङ्गाना, राजनदिल गुरूङ, गोपाल विश्वकर्मा, तिलक थापा, सुमन पौडेल चयन भएका छन् ।
अग्रज पत्रकार केशव भट्टराई संयोजक, कविकिरण न्यौपाने, बिलबहादुर अधिकारी र रवि रोषी सदस्य रहेको निर्वाचन समितिले मञ्चको सर्वसम्मत समिति चयन गराउन सफल भएको हो । निर्वाचन समितिका संयोजक भट्टराईले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै नयाँसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुखअतिथि पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारितालाई मर्यादित बनाउँदै पेसागत सुरक्षाका लागि संगठित भएर अगाडि बढ्न आग्रह गरे ।
मञ्चका अध्यक्ष रविलाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष प्रकाश ज्ञावलीले पछिल्लो समय पेसागत सुरक्षाको विषय पेचिलो बन्दै गएको भन्दै सम्भावनाको खोजी गर्दै पत्रकार अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -