२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा ३४ जना अग्रज पत्रकारलाई सम्मान

विविन्न विधाका ९ जना पुरस्कृत
प्रकाशित मिति : २०८० चैत्र २५ गते

– एलिशा तिमिल्सिना

चितवन / नेपाल पत्रकार महांघ चितवन शाखाले वि.सं. २०५६ साल अघिदेखि क्रियाशील रहेका ३४ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । सोही अवसरमा विभिन्न विधामा ९ जना पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको हो ।
भरतपुर स्थित वीपी मेमोरियल क्यान्सर अस्पताल परिसरमा रहेको सभाहलमा शनिबार आयोजित ‘अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको महासंघ चितवनका नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
भरतपुर महानगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रेनु दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै ३४ जना पत्रकारलाई ताम्रपत्र, प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । यस्तै पत्रकारको लेखनकला वृद्धि तथा हौसला प्रदान गर्न भन्दै नौ जना पत्रकारहरुलाई रु १० हजारदेखि रु ५१ हजार राशिसम्मको पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँ राशीको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल, ५० हजार ५१ रुपैयाँ राशीको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत भएकी हुन् ।
त्यस्तैगरी ११ हजार ३११ रुपैयाँ राशिको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिना रहेका छन् ।
औद्योगिक पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत भएका छन् । ११ हजार १११ रुपैयाँ राशीको पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका हुन्
त्यस्तै ११ हजार १११ रुपैयाँ राशिको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशीको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएकी हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले अग्रज पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गर्दै उनीहरुलाई सम्मान गर्नु ऐतिहासिक काम भएको बताइन् । उनले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित खोजमूलक पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुले गलत हुन नदिन खबरदारी गर्नुपर्ने धारणा राखिन् ।
पत्रकारहरुबाट महानगरपालिकाका काम कारबाहीप्रति सचेत बनाउने र खबरदारी गर्ने काम भइरहेको भन्दै आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् । भरतपुर महानगरपालिकाले पत्रकार तथा सम्बद्ध सङ्घसंस्थालाई विभिन्न पक्षबाट सहयोग गर्दै आइरहेको भन्दै पत्रकार सक्षम भएमा देश समृद्ध हुने उनको भनाइ थियो ।
पछिल्लो समय समाज नकारात्मकतातर्फ उन्मुख भइरहेको भन्दै दाहालले समाजमा केही हुन सकेन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताइन् । समाजमा भ्रम छर्नेहरुको विरुद्धमा पत्रकारहरुले यथार्थ विषयवस्तु बाहिर ल्याउन मद्दत गर्नुपर्ने दाहालको आग्रह थियो ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रको विश्वनियता वृद्धि गर्न पत्रकारहरु नै लाग्नुपर्ने बताए । प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमी नआएको भन्दै यसतर्फ राज्य र सम्बद्ध सबै पक्ष सजक हुनुपर्नेमा पोखरेलले ध्यानाकर्षण गराए । नेपालमा विभिन्न समयमा भएका घटनाहरु अध्ययन गर्दा अझै पनि पत्रकारिता क्षेत्रमा खतरा देखिएको पोखरेलको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले मुलुकमा भएका हरेक परिवर्तनमा पत्रकारहरुको भूमिका उल्लेखनीय भएको स्मरण गरे । पत्रकारहरुकै सहयोगका कारण मुलुकमा दोस्रो जनआन्दोलन सफल भएर गणतन्त्र स्थापनामा मद्दत पुगेको भन्दै अधिकारीले प्रविधिको प्रयोग गर्दै पत्रकारहरु अघि बढ्नुपर्ने धारणा राखे । पछिल्लो समय भाइरल कन्टेटका पछाडि पत्रकारहरु कुद्न खोजेको जस्तो देखिने गरेको भन्दै त्यस्तो हुँदा पत्रकारिताको मर्म हराउनसक्ने खतरातर्फ अधिकारीले सचेत बनाए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष जनक अर्याल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु सिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण भुसाल, नेकपा (एकीकृत समाजवादी) पार्टी चितवनका अध्यक्ष कृष्णराज न्यौपाने, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवाष पण्डित, प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्यप्रसाद पाठक, समाजवादी प्रेस सङ्गठन चितवनका अध्यक्ष टीकादत्त तिमिल्सिनालगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घले प्रकाशन गर्दै आएको स्मारिका ‘पत्रकारिता चितवन’ र सम्मानित ३४ जना पत्रकारहरुको बायोग्राफी समावेश गरेर प्रकाशन गरिएको ‘योगदान’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।
महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले स्वागत मन्तव्य राखेका हुन् भने संचालन सचिव दिपेन्द्र अधिकारीले गरेका हुन् । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03