May 1, 2024

राष्ट्र बैंक चोकमा माइक्रो र स्कार्पियोको ठक्कर

८ जना चिनियाँ पर्यटक घाइते
April 18, 2024

पोखरा / माइक्रो र स्कार्पिओ एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना चिनिया पर्यटक घाइते भएका छन् । दुर्घटना पोखराको राष्ट्र बैंक चोकमा भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ड्यासाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोकतर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस एकापसमा ठोक्किएका हुन् ।

उक्त हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । तीमध्ये ८ जना घाइते भएका हुन् । घाइते उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्कारपिओले राष्ट्र बैंकमा रहेको एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -