२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा

‘बाह्य दबाब आयो’, अझै अन्योलमा महासंघको निर्वाचन
प्रकाशित मिति : २०८१ भाद्र २५ गते
File photo.

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सोमबार राजीनामा बुझाएका हुन् ।

उनले मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको बताए । महासंघले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ ।

- ADVERTISEMENT -

Advertisement

उनले राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ, ‘सिङ्गो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन ।’

सरोकारवाला पक्षले समेत सदस्यसूची आफूलाई देखाएर मात्र अघिबढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको उनले उल्लेख गरे । यस्तो अवस्थाबाट आफूमा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ नभएको उनको भनाई छ । यी सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै उनले सबै कुराको नैतिक जिम्मावारी बहन गरे । आगामी दिनमा महासंघको हुने गतिविधिलाई आवश्यकता अनुसार साथ समर्थन र सहयोग रहने उनको प्रतिबद्धता छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96