२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

विश्व पर्यटन दिवसको सन्दर्भ

प्रकाशित मिति : २०८१ आश्विन ९ गते

यस वर्ष ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ ४५औँ विश्व पर्यटन दिवस मनाइँदै छ । पर्यटन मन्त्रालयले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाल भौगोलिक हिसावले विश्वकै महŒवपूर्ण पर्यटकीय गन्तव्य हो । किनभने, यो भूमि विविध पर्यटकीय सम्पदाका कारण विश्वमाझ प्रसिद्ध छ । खासगरी सन् १९५० देखि नेपालमा बाह्य पर्यटकको लागि ढोका खुलेसँगै यहाँका धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक विविधताबारे विश्वजगतले चासो राख्न थालेका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मभूमि, पशुपतिनाथ, मुक्तिनाथ, रामजानकी मन्दिरलगायत सयौँ सांस्कृतिक पर्यटकीय गन्तव्य, ऐतिहासिक धरोहर, कलात्मक मठमन्दिर, साहसिक पर्यटन, पदयात्रामार्ग एवम् जैविक विविधताले सम्पन्न मुलुकका रुपमा विश्व पर्यटन बजारमा नेपालले अलग पहिचान बनाउन सफल भएको छ । पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड मानिन्छ । विश्वलाई लोभ्याउने पर्यटन क्षेत्र र यहाँका ऐतिहासिक सम्पदाहरुको संरक्षण र संवद्र्धनमा ध्यान दिने हो भने नेपाल पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बन्नेमा कुनै द्विविधा छैन ।

हाम्रो मुलुकमा ‘अतिथि देवो भवः’ भन्ने मान्यताका साथ पर्यटकहरुलाई पाहुनाका रुपमा हार्दिकताका साथ स्वागत गर्ने र राम्रो आतिथ्य सत्कार गरी बिदाइ गर्ने संस्कार छ । कतिपय पर्यटन व्यवसायीहरुले छूटसहितका प्याकेज घोषणा गरेका छन् भने पर्यटकलाई फूलमाला र खादा ओढाएर स्वागत गर्ने अनि पञ्चेबाजा बजाएर होटलहरुमा पु¥याउने, विविध सांस्कृतिक झलकहरु देखाएर यहाँको संस्कृतिबारे जानकारी दिने प्रयास पनि गर्ने गरिएको पाइन्छ । पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसाइ लम्ब्याउने खालका कार्यक्रम पनि यस दिवसमा आयोजना हुँदै आएका छन् । एक हिसाबले भन्ने हो भने यो दिवस पर्यटन व्यवसायीका लागि एउटा उत्सव पनि हो । सरकारले भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरु पनि थुप्रै छन् । १६ लाख पर्यटक भित्र्याउने हाम्रो जुन लक्ष्य छ, त्यसका लागि सर्वप्रथम वातावरणमैत्री पूर्वाधार, सुविधासम्पन्न आवासका साथै गुणस्तरीय सेवा प्रदान गर्नु उत्तिकै जरूरी हुन्छ । धुँवाधूलो र प्रदूषण नियन्त्रणमा ध्यान दिँदै सुरक्षित भ्रमणको सुनिश्चितता अर्को चुनौती हो । राजधानी काठमाडौँलगायत देशभरका सडकको विजोग छ । यसको मर्मतसम्भारका साथै खाल्टाखुल्टी पुर्ने र सरसफाइमा ध्यान दिएर पर्यटकमैत्री व्यवहारको खाँचो पनि उत्तिकै छ ।

- ADVERTISEMENT -

Advertisement

पर्यटकलाई जति बढी खुसी पार्न सकियो पर्यटन बजारमा त्यति नै सकारात्मक सन्देश जाने भएकाले सरकारले निजी क्षेत्रसँग समन्वय गरी सामूहिक सहभागितामा पर्यटन उद्योगको विकास गर्नुपर्छ । कतिपय पर्यटकीय सम्भावना भएका क्षेत्रहरु ओझेलमा परिरहेका छन् । त्यस्ता क्षेत्रहरुको प्रवद्र्धन गर्न सक्नुपर्छ । नेपाल संसारकै उत्कृष्ट गन्तव्यस्थल हो भन्ने कुराको प्रचारप्रसार नगरेसम्म पर्यटकहरु बढ्दैनन् । पर्यटनमैत्री वातावरण भएन भने जतिसुकै आतिथ्यता जनाए पनि पर्यटक आकर्षित गर्न सकिँदैन । नयाँ प्रकृति, अनौंठो संस्कृति, मनमोहक वातावरण र बहुसांस्कृतिक विविधताकै कारण पर्यटक घुम्न आउने हुन् । पर्यटकलाई आम्दानीको स्रोत मानेर लुट्ने प्रवृत्ति र ध्रूत व्यवहार अझै सच्चिन सकेको छैन । अतिथि भन्ने तर जसरी पनि जहाँ पनि लुट्ने व्यवहारले अन्ततः दीर्घकालीनरुपमा पर्यटन क्षेत्रमा असर पर्छ । नेपालमा पर्यटन दिवस मनाउँदै गर्दा सरकारी निकाय तथा पर्यटन व्यवसायीले यस विषयमा ध्यान दिनु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49