गैँडाकोट । नारायणी नदीकिनारमा जारी गण्डकी प्रदेश महोत्सवमा आज (शुक्रबार) लोकदोहोरी गायक पशुपति शर्माले प्रस्तुति दिँदैछ ।
महोत्सवमा गायक शर्मासहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकार दीपक खड्का, सृष्टी पौडेल, सीता राना, आयुष्मा केसीलगायतले प्रस्तुती दिने सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए ।
महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृब्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् ।
सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आयोजना गरिएको हो । महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने मेला संयोजक अमृत भट्टचनले जानकारी दिए ।